१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ २९ बिहीबार १२:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराटनगरका युवा प्रदर्शनमा उत्रिए

Read Time : < 1 मिनेट
२०७७ जेठ २९ बिहीबार १२:११:००

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रूपले गर्न नसकेको भन्दै विराटनगरमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । साथै उनीहरूले सरकारले गरेको खर्चको विवरण पारदर्शी बनाउन पनि माग गरेका छन् । 

विभिन्न संगठन र सामाजिक संस्थामा आबद्ध युवाले प्लेकार्डमा लेखिएका नारासहित  कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । 

साथै सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको ठहर उनीहरूको छ । 

बिहीबार विराटनगरको घोघापुल चोकबाट निस्किएको युवाको ऱ्याली मार्चपास गर्दै रोडशेषचोकस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर २० मिनेट धर्नामा बसेको थियो । 

त्यसपछि पुनः मार्चपास गर्दै युवाहरूको ऱ्याली महानगरपालिकाअगाडि पुगेर सडकमा धर्ना दिएकाे थियाे ।  

कोराेना महामारीका लागि संघीय, प्रदेश र स्थानीय सबै तहका सरकारले प्रभावकारी काम गर्न नसकेकोले सुशासन कायम गराउन विराटनगरका युवाले स्वतःस्फुर्त रूपमा विरोध ऱ्याली आयोजना गरेको सहभागी युवा वसन्त अधिकारीले बताए ।