१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीको धारापानीमा लागेका भीषण आगलागी अझै नियन्त्रणमा आएन

कम्तीमा २२ घरगोठ जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo

अर्घाखाँचीको धारापानीमा लागेका भीषण आगलागी अझै नियन्त्रणमा आएकाे छैन । शनिबार दिउँसो १ बजेबाट डढेलाे सुरु भएकाे हाे । भूमिकास्थान नगरपालिका– ४ काे कल्लेरीमा आइतबार बिहानसम्म पनि आगलागी भइरहेकाे छ । वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो।

धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँमा लागेको भीषण आगलागीबाट कम्तीमा २२ घरगोठ जलेर नष्ट भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिए ।

प्रहरी, दमकल, स्थानीयले रातभर आगो निभाउने प्रयास गरिरहे पनि डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको थापाले बताए ।  ‘आगलागीबाट मानवीय क्षति नभए पनि घर र गोठ जलेका छन्,’ मेयर थापाले भने, ‘पशुचौपायाको ठूलो नोक्सान भएको छ, यद्यपि क्षतिको पूर्णविवरण अझै आएको छैन ।’

ad
ad