१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँकेको हर्बल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४४:oo

बाहुबली हर्बल उद्योगमा बिहान ६ बजे लागेको आगाे अझै नियन्त्रणमा आउन सकेको छैन।

जानकी गाउँपालिका– ६ गनापुरस्थित उद्योगको गोदाममा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ।

विद्युतको ट्रान्सफरबाट सल्केको आगो जडीबुटीको गोदाममा सल्किएको सञ्चालक सञ्जय जैनले जानकारी दिए। आगो नियन्त्रण गर्न भारतको नानपारा, नेपालगन्ज, कोहलपुर, नरैनापुर, नेपाल प्रहरी, नेपाल आयल निगम, बर्दियाको मधुवन नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल आएका छन्।

आगलागीमा सल्लाको काठ, पदमचाल, आँख्ला, चिराइतो, दारुआलबी, असानबेदलगायतका जडीबुटी जलेको सञ्चालक जैनले बताए। उनले क्षतिबारे अहिले नै भन्न नसकिने बताए। 
 

ad
ad