१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
तस्बिर : साैरभ यादव/नयाँ पत्रिका
सौरभ यादव राजविराज
२o८१ जेठ ९ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिम्टीका अग्निपीडित भन्छन्- लगाएको लुगाबाहेक केही बचेन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १३:o९:oo

महदेवा गाउँपालिका- १ चिम्टीका अग्निपीडित परिवारहरूले भौकै खुला आकाशमुनि रात काटेका छन्। मंगलबार दिउँसो भएको आगलागीबाट त्यहाँका ६० भन्दा बढी परिवार घरविहीन भएका छन्। 

अग्निपीडितहरूले हिजोदेखि खुला आकाशमुनि दिनरात बिताइरहेका छन् । पीडितहरूलाई अहिलेसम्म‌ राहतको सामग्री पुग्न सकेको छैन।‌

‘नसोध्नुस् बालबच्चाहरूलाई‌ लिएर कसरी बाँचिरहेकी छु। भौकै बसेकी छु। कहाँबाट आगो आयो थाहै भएन। भागेर ज्यान जोगाउन सकेँ, तर सामान केही जोगिएन,’ स्थानीय करयाही सदाले दुःखेसो गरिन्।

पीडित सोनिलादेवी सदाले राति खुला आकाशमुनि भुइँमै सुतेर रात काटेको सुनाइन् । खै कसरी आगो लाग्यो याद छैन, त्यतिखेर दिमाग काम गरेन, सबथोक जलिसक्यो,’ उनले भनिन्, ‘राति बच्चाहरूलाई लिएर भुइँमै सुतेर रात काटेँ, लुगा कपडाहरू पनि बचेको छैन ।’

स्थानीय वडाध्यक्ष जयकिशोर दासले भने, ‘पालिकाले हिजोदेखि सकेजतिको गर्‍याे, खानाको जे व्यवस्था गर्नुपर्छ पालिकाले मिलाइसक्या छ, गाडी गएको छ, त्रिपाल र सामानहरू लिएर आउँदै छ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले राहत वितरण कार्य भइरहेको बताए। मंगलबार दिउँसो भएको आगो अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। एउटा बारुण यन्त्र अझै आगो निभाउने कार्यमा लागेको छ।

ad
ad