वेस्ट इन्डिजका दायाँहाते ब्याट्सम्यान एन्ड्रे फलेचरले नेपालविरुद्ध तेस्रो टी–२० खेलमा अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि फलेचरले केवल ३० बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेलेका हुन्।
उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरेका छन्। नेपालका फास्ट बलर करण केसीको तेस्रो ओभरमा लगातार दुई चौका र छक्का प्रहार फलेचरले गरेका थिए।
२५ एकदिवसीय खेलमा फलेचरले तीन सय ५४ रन र ५४ टी–२० आइमा उनले नौ सय ५० रन बनाएका छन्। क्रिजमा सेट ब्याट्सम्यान जोनसन चार्ल्सले ४९ बलमा ६ छक्का र नौ चौका प्रहार गरी ८९ रनमा खेलिरहेका छन्।
नेपालका लागि सागर ढकालले तीन ओभरमा ३० रन तथा करणले तीन ओभरमा ३६ रन खर्चेका छन्। वेस्ट इन्डिजले १५ ओभरको खेल समाप्तिसम्म एक विकेट गुमाएर एक सय ६३ रन जोडेको छ।