१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ २४ शनिबार १५:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनाबाट डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु, कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ जेठ २४ शनिबार १५:०६:००

हाेम क्वारेन्टाइनमा रहेकै वेला २० जेठमा मृत्यु भएका डोल्पाको जगदुल्ला नगरपालिकाका एक पुरुषको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले कोरोनाकै कारण ५८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

सुर्खेतबाट १६ जेठमा डोल्पा पुगेका उनलाई सुरुमा क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टाइनमा पठाइएको थियो । रावलले भौगोलिक विकटताका कारण मृत्युपछि २२ जेठमा स्वाब संकलन गरी प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए । 

योसमेत कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । राससका अनुसार मृत्यु हुनेहरूमा दैलेख, सुर्खेत र डोल्पाका एक–एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । 

कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका– ११ खागितडा दैलेखनिवासी ३५ वर्षीय युवक थिए । उनको यही १७ जेठमा क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका– १ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।

कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।