१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा
किरण दहाल काठमाडौं
२०७७ जेठ १३ मंगलबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार

सांसद शर्माले 'घटना मिलाउन राजनीतिक दबाब भएको छैन' भनेपछि संसदमा कांग्रेसका सांसदहरूद्वारा विरोध

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १३:४१:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाबारे बोल्दा मंगलबार संसदमा प्रतिपक्षी दल  नेपाली कांग्रेसका सांसदले नियमापत्ति गर्दै अवरोध गरेका छन् ।

शर्माले आफ्नो भनाइ राख्ने क्रममा घटना मिलाउन राजनीतिक हस्तक्षेप नभएको बताएलगत्तै कांग्रेसका सांसदले चर्काे विरोध गरेका थिए । 

शर्माले सोही क्षेत्रको भएकाले भनाइ राख्न पाउनुपर्ने माग गरे पनि विरोध रोकिएन ।

कांग्रेसका सांसदहरूले लगातार विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शर्मालाई भनाइ टुंग्याउन आग्रह गरेका थिए ।

दबाबका कारण शर्माले भनाइ टुंग्याएपछि कांग्रेस सांसद प्रकाश रसाइलीले गृहमन्त्रीबाट जानकारी लिन खोजेको बताए ।

उनले नाम नखुलाई दुई पूर्वगृहमन्त्रीले दबाबमा घटना मिलाउन खोजेको आरोप पनि लगाए ।