१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सांसद हसिना खानद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३४:oo

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारस्थित संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सभामुख घिमिरले सांसद खानलाई सांसद अंकित प्रतीक चिह्न र खादा ओडाएर बधाई ज्ञापन गरे।

संघीय संसद्को कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनुअघि सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। सो अवसरमा सचिवालयको तर्फबाट संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद् नियमावलीलगायत अन्य कानुनी कागजातहरू उपलब्ध गराए।

सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन्। केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद् सचिवालयलाई गराएको थियो।

स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी छिन्। रुपन्देहीको रोहिणी गाउँपालिका– २ पोखरभिन्दीमा जन्मिएकी खान अहिले बाँकेको डुडुवा गाउँपालिका– ३ बाट प्रतिनिधित्व गर्छिन्। उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन्।

ad
ad