१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ २५ शनिबार १९:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रुण हत्याकाे उजुरीपछि गाउँपालिकाका अध्यक्षसहित चार जना सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
२०७६ माघ २५ शनिबार १९:११:००

दवावमा २१ हप्ताको भ्रुण हत्या गराएकाे विषय सार्वजनिक भएपछि संलग्न भनिएका कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चार जना सम्पर्कविहीन भएका छन् । पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनाविरुद्ध उजुरी दिएपछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरीक्षक रोहनराज अर्यालका अनुसार उनीहरूको खोजी भइरहेको छ । उनले भने, 'उजुरी परेकाहरूको खोजी गरिरहेका छौँ ।' अनुसन्धानमा फिदिमस्थित समर्पित हस्पिटल परिषरमा प्रहरीले विकसित नभएको बच्चा (भ्रुण) फेला पारेको थियो । प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा बच्चा फेला परेको हाे ।

फेला परेका शिशु आकारको वस्तु परीक्षणका लागि पठाएकाे प्रहरीले जनाएको छ । उक्त अस्पतालमा गत २६ पुसमा कुम्मायकाकै १९ वर्षीय युवतीको २१ हप्ताको गर्भपतन गराइएको थियो । गर्भपतन गाउँपालिकाका अध्यक्ष चेम्जोङको दवावमा गरिएको युवतीको दाबी छ । साेही गाउँपालिकाकाे स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले दवाव दिएर गर्भपतन गराएको भन्दै युवतीले जाहेरी दिएकी छन् । 

यसैबीच आरोपित ७ जनामध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ ।