१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा १० दिनदेखि सम्पर्कविहीन बालक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१o:oo

गुल्मीको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कविहीन बालक जंगलमा मृत फेला परेका छन्। हर्राचौर टुटिनाकी रम्बा थापा क्षेत्रीका ६ वर्षीय छोरा ईश्वर क्षेत्री २२ मंसिरको दिउँसो २ बजेबाट परिवारको सम्पर्कमा थिएनन्।

बालकलाई सोमबार दिउँसो स्थानीयले घरदेखि एक किलोमिटर टाढा जंगलमा मृत अवस्थामा फेला पारेको चन्द्रकोट गाउँपालिका– ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिए।

बालक दृष्टिविहीन थिए। बालकको कम्मर तलको मासु निस्किएको अवस्थामा देखिएकाले मृत्युको कारणबारे अनुसन्धानपछि पत्ता लाग्ने सुवेदीले बताए। 

लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजतलास गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नै नेतृत्वमा प्रहरीको टोली घटनाबारे थप अनुसन्धानका लागि घटनास्थल हिँडेको जानकारी दिए।
 

ad
ad