१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ पौष २९ मंगलबार १९:१७:००
Read Time : < 1 मिनेट
समाचार

स्ववियु निर्वाचन गराउन अखिलको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ पौष २९ मंगलबार १९:१७:००

सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले आगामी १४ फागनुमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयसहित सम्बद्ध निकायको ध्यानाकर्षण गराउने भएको छ ।

एकतापछिको प्रथम बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै अनेरास्ववियुले घोषित मितिमै हर हालतमा निर्वाचन सम्पन्न गराउन ध्यानाकर्षण गराउने तयारी गरेको हो । त्यस्तै, अन्य विश्वविद्यालयलाईसमेत १४ फागुनमै स्ववियु निर्वाचनको मिति घोषणा गर्न दबाब दिने निर्णय भएको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले बताए ।

बैठकले प्रदेश तथा विश्वविद्यालयमा एकताको सन्देश सम्प्रेषणका लागि भेला र प्रशिक्षण चलाउने, माघ मसान्तभित्र जिल्ला, प्रदेश, विश्वविद्यालय र क्याम्पस कमिटीहरूको एकता सम्पन्न गरी ६ महिनाभित्र एकता सम्मेलन आयोजना गर्नेलगायतका निर्णयसमेत गरेको छ ।