नेविसंघले माग्यो स्ववियु निर्वाचनको एकवर्षे प्रगति विवरण

सोमबार, ५ चैत, २०८०
डिजिटल संस्करण

नेविसंघले स्ववियु निर्वाचनको एकवर्षे प्रगति विवरण माग गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनमा नेविसंघबाट निर्वाचित स्ववियु सभापति र पदाधिकारीलाई परिपत्र गरी प्रगति विवरण माग गरेका हुन्। 

परिपत्रमा १५ चैत्रभित्र स्ववियु समितिबाट भएका शैक्षिक, रचनात्मक तथा सबै खाले विवरण पेस गर्न भनिएको छ। 

गत वर्ष ५ चैत्र र विभिन्न चरणमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो। निर्वाचनमा तत्कालीन सत्तागठबन्धन दलका विद्यार्थी संगठनसँग गठबन्धन गरेर निर्वाचनमा गएको थियो। स्ववियुको निर्वाचनको नतिजाका आधारमा नेविसंघ पहिलो संगठन बनेको थियो।

सुझावित समाचार