मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २२ बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोकिएका स्ववियु निर्वाचन एउटै मितिमा गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार १७:१३:oo

तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन्। 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन्। 

बैठकपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका हुन्। 

उनीहरूले निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चितता गर्नसमेत माग गरे। साथै, उनीहरूले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन आग्रह गरे। 

तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरबाहीका कारणले यही चैत ५ गते हुन नसकेको बताएकाे आरोप लगाएका छन्। 

उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।  

यस्तै, उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ।