भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को सहयोगमा स्थानीय तहसँगको समन्वयमा राहत रकम वितरण गरिएको हो। रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्।

तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रसलगायत अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो राहत वितरण रोक्न र कुनै पनि प्रभावित परिवार नछुट्ने व्यवस्था मिलाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागिसमेत काम भइरहेको सरकारले जनाएको छ।

सुझावित समाचार