गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाली गृहमन्त्रीसँग भेटेर खुसी लागेको बताएका छन्।

गृहमन्त्री गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन भारत पुगेका हुन्। बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका मन्त्रीहरूले लागुऔषध ओसारपसार, मानव बेचबिखन, आतङ्कवाद, साइबर अपराध तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणमा क्षेत्रीय सहकार्यका विषयमा छलफल गरेका थिए।

बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपतको जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहतमा क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको छ।

गृहमन्त्रीका रूपमा गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेकको सुरक्षा संयन्त्रअन्तर्गतको यो पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतमा आयोजना गरिएको हो।

सुझावित समाचार