१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा एकै मितिमा गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२१:oo

तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका रोकिएका आंगिक क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको बुधबार बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् । उनीहरूले निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चितता गर्न तथा बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन मागसमेत गरेका छन् ।

तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरबाहीका कारणले ५ चैतमा हुन नसकेको आरोप लगाएका छन् । उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै, उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ । 


 

ad
ad