१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर २९ आइतबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार

‘सम्पदा पुर्ननिर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकएिन’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार १४:४९:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुर्ननिर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन नसकिएको बताएका छन् । 

२५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तीव्रता नपाएको बताए । उनले विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पुर्ननिर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उल्लेख गरे । 

शाक्यले निर्वाचनका समयमा गरेका प्रतिवद्धताअनुसार धेरै काम सुरु भएको बताए । ‘केही काम गर्न पनि बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उनले भने ।

महानगर दिवसका अवसरमा सडक मानव मुक्त अभियानको पनि घोषणा गरिएको छ ।  उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताइन्  । 

स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्र सिमित भएर विकास सम्भव नभएको भन्दै उनले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको महत्वपूर्ण सहभागिता अनिवार्य रहेको उल्लेख गरिन् ।