काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवस मनाएको छ। महानगर दिवसअन्तर्गत मूल समारोहको उद्घाटन सहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका थिए।
महानगरले उक्त दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको थियो। जसमा काठमाडौंमा प्रचलित मौलिक ‘धिमे बाजा’ प्रतियोगिता, मौलिक खानाका परिकार, सम्पदा पदयात्रा, महसुस यात्रालगायतका कार्यक्रम आयोजना गरिएको छ।