१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

प्रधानमन्त्रीबाट काठमाडौं महानगर नेतृत्वको प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय काठमाडौं महानगरपालिकाले सुधारका उल्लेख्य काम गरेको भन्दै महानगर नेतृत्वको प्रशंसा गरेका छन् । महानगरको कामले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा मिलेको प्रधानमन्त्रीको उनको भनाइ छ । 

२९औँ काठमाडौं महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको छ ।’ 

प्रधानमन्त्रीले लागुऔषध, सुर्ती, चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरको कार्य प्रशंसनीय रहेको चर्चा गरे । उनले भने, ‘यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिंगो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपिल गर्दछु ।’

उनले राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको पनि बताए । संघीय सरकारका तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू सधैँ तत्पर रहेको पनि उनले बताए । 

उनले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर संघीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौं सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामना व्यक्त गरे । ०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।

ad
ad