Skip This
मेयर साह भन्छन्- अबको साढे तीन वर्षभित्र फोहाेरकाे समस्या समाधान हुन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २९ शुक्रबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर साह भन्छन्- अबको साढे तीन वर्षभित्र फोहाेरकाे समस्या समाधान हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार १२:५४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहाेरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्। 

२९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाको फोहाेरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाे बताए।

उनले अबको साढे तीन वर्षभित्र फोहाेरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरे। 

‘हामीले गर्ने कामहरू केही अझै बाँकी छन्। काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरू धेरै बाँकी छन्। तीमध्ये तीनवटा विशेष कामहरू जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ,’ उनले भने, ‘फोहाेर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षका लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्। महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस्। साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ।’

मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे।