१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ मङ्सिर १८ बुधबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले गरे परीक्षा बहिष्कार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार १५:१२:००

आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले बुधबारदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले पहिलो वर्षका परीक्षा बहिष्कार गर्दै परीक्षा प्रवेश कार्ड जलाउने प्रयास गरेका थिए । 

तीन महिनादेखि आन्दोदनरत विद्यार्थीहरुले कलेज गेटमा परीक्षा प्रवेश कार्ड जलाउन लागेपछि प्रहरीले रोकेको छ । 

साथै, उनीहरुले प्रहरीको साथ माग्दै प्रहरी हामीलाई साथ दे, प्रहरी दमन मुर्दावाद, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाएका छन् ।