१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १८ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ असोज १८ मंगलबार २o:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पताल तोडफाेड : रिपोर्टिङमा गएका नयाँ पत्रिकाकर्मीमाथि दुर्व्यवहार, महासंघद्वारा निन्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार २o:२२:oo

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेज तोडफोड गरेकाे घटनाकाे समाचार संकलन गर्न पुगेका नयाँ पत्रिकाकर्मीमाथि प्रहरीले अभद्र व्यवहार गरेकाे छ ।  

स्थिति तनावपूर्ण बनेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा रिपोर्टिङका लागि पुगेका नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलमाथि प्रहरीले अभद्र व्यवहार गर्दै रिपोर्टिङमा अवरोध पुर्‍याएको हाे । 

रिपोर्टिङका क्रममा पत्रकार पोखरेलमाथि भएको दुर्व्यवहारको पत्रकार महासंघ, चितवन शाखाले भर्त्सना गरेको छ। महासंघले विज्ञप्ति निकालेर दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।  

सोमबार बिहान ग्यास्ट्रिक बढ्यो भन्दै उपचार गर्न आएका भरतपुर महानगरपालिका– १३ का रमेश कुँवरको साेमबार बेलुका उपचारका क्रममा मृत्यु भएको थियो। मृतकका आफन्तले बिरामीको उपचारमा लापरबाही भएकाे भन्दै अस्पताल ताेडफाेड गरेका थिए। 

यता अस्पताल प्रशासनले भने कुँवरको उपचारमा कुनै कमजोरी नभएको जनाएको छ।