१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार

पासपोर्टमा इ-स्टीकर अनिवार्य  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १४:३९:००

काठमाडौं । वैदेशिक रोजगार विभागले मंगलबारबाट पासपोर्टमा इ-स्टीकर लागु गरेको छ । सोमबार परीक्षण गरिएको इ-स्टीकर सफल भएपछि यसलाई अनिवार्य गरिएको हो । 

विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले आफ्नो फेसबुकबाट इ-स्टीकरबारे जानकारी दिएका छन् । आगामी शुक्रबारदेखि इ-स्टीकर पूर्णरुपमा लागू हुने विभागले जनाएको छ । 

महानिर्देशक भूसालका अनुसार, दलालले नक्कली स्टीकर लगाएर भारतको बाटो हुँदै विदेश लगेर अलपत्र पार्ने समस्या बढेपछि सरकारले इ-स्टीकरको व्यवस्था गरेको हो । साथै यसबाट १० वर्षअघि लेबरमा गएको व्यक्ति म्यानेजर बन्दासम्म पनि पुरानै स्टीकर देखाउने, पासपोर्ट फोहोर हुने र स्टीकर छपाइमा सरकारको लाखौं रुपैयाँ खर्च हुने अवस्थाको अन्त्य हुने छ । 

आवश्यक परेको बेला इमेलमार्फत इ-स्टीकर प्राप्त गरी आफैले प्रिन्ट गरेर टास्न सक्ने, एकपटक पासपोर्ट देखाएपछि अफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी प्राप्त हुने सुविधा प्रदान गर्नका लागि विभागले तयारी तीव्र पारेको छ ।