मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० असार १ शुक्रबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब ३४ र ६६ पृष्ठका पासपोर्टको शुल्क एउटै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार १ शुक्रबार १३:०५:००

सरकारले ३४ र ६६ पेजको पासपोर्टका लागि एउटै शुल्क कायम गरेको छ।

यसअघि ३४ पृष्ठको पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ शुल्क लिने गरिएकोमा अब एकरूपता कायम गर्न लागिएको हो।  

आइतबारदेखि ३४ वा ६६ पेजको पासपोर्ट बनाउँदा शुल्कमा एकरूपता कायम हुने विभागकी प्रवक्ता दुरपदा सापकोटाले बताइन्। 

उनका अनुसार यस अघि दुईथरी शुल्क कायम भएकोमा अब एकरूपता कायम गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट ६६ पेजको पासपोर्ट बनाउँदा पाँच हजार शुल्क लाग्नेछ। 

यसअघि ६६ पेजका लागि जिल्ला प्रशासनमा निवेदन दिँदा १० हजार लाग्ने गरेको थियो। अब आइतबारदेखि ६६ पेजको पासपोर्टको लागि जिल्ला प्रशासनबाट निवेदन दिँदा पाँच हजार मात्रै शुल्क तिर्नुपर्नेछ। 

यसबाहेक इमर्जेन्सीको हकमा केन्द्रमै आएर पासपोर्ट बनाउदा १२ हजार शुल्क तिर्नुपर्नेछ। राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधनपछि परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ।