१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असोज १६ बिहीबार १७:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङमा यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
२०७६ असोज १६ बिहीबार १७:५९:००

चाडपर्वको समयमा घर फर्कने यात्रुहरुको सजिलोका लागि लमजुङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको सयमा यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि यात्रु सहायता कक्षा स्थापना गरिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्लाको सदरमुकाम बेसीशहर, लमजुङको सिमना पाउँदी , भोटेवडारको वगैचा र भोर्लेटारको दुईपिप्लेमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले बताए ।  ‘चाडपर्वका वेला यात्रु ठगिने, लुटपाट हुने र चोरीजस्ता घटना बढ्ने भएकाले त्यसको रोकथामका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो,’ । यात्रु सहायता कक्षमा प्रहरीको डयुटी रहने तथा यात्रुहरुले कुनै पनि गुनासो, उजुरी, यात्रा गर्दा असुरक्षित असहज भए, यातायात व्यावसायीहरुले तोकेको भन्दा बढी भाडा लिए यात्रु सहायता कक्षमा आएर उजुरी गर्न सकिने ट्राफिक प्रहरी जवान सन्तोष शाही ठकुरीले बताए ।