१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:५७:oo

चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

‘सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजनाअन्तर्गत’ प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयमातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसायसम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनील दाहालले बताए। 

उनका अनुसार झापाको बिर्तामोड दमक, काँकडभिट्टा, भद्रपुर, बुद्धशान्ति, बुधबारे, ताप्लेजुङको तोक्मेडाँडा, पाँचथरको फिदिम बसपार्क, धनकुटा बसपार्क, हिले, भेडेटार, उदयपुरको बरुवा बसपार्क, तेह्रथुमको गुराँस चोक, म्याङलुङ बसपार्क, सुनसरीको शिवचोक, इटहरी बसपार्क, सोलुखुम्बुको आँवाडाँडा, जोर बौद्ध, पतालेमा, इलामको फिक्कल, इलाम बसपार्क, बिब्ल्याटेलगायतक स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।  

यसैगरी, मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, भोजपुरको देउराली, घोरेटार, अरुण जरायोटार, दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुंगाको सिद्धिचरण, रमाइलोडाँडा, संखुवासभाको खाँदबारीमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको उनले बताए। 

यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाइन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्नसमेत उनले विज्ञप्ति जारी गरी आग्रह गरेका छन्। 

ad
ad