१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले सुरु गर्‍यो चाडपर्वलक्षित सरसफाइ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:३८:oo

काठमाडौं महानगरले बिहीबारदेखि चाडबाडलक्षित सरसफाइ अभियान चलाएको छ । महानगरका सात सय सरसरफाइकर्मीलाई यस अभियानमा खटाएको छ । 

थप दुई सय सफाइ कर्मचारी थप्ने योजना रहेको महानरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि मुख्य त चार स्थानबाट सरसफाइ सुरु हुनेछ । मेयर बालेन्द्र साहले चाडबाडलक्षित सफाइ योजना सञ्चालन गर्न निर्देशन दिएपछि विभागले सोहीअनुसार अभियान चलाउन लागेको हो । 

जसअन्तर्गत सबैतिर धुलो र फोहोरमैला हटाउने, सडकपेटी सफाइ गर्ने, बोटबिरुवा व्यवस्थित गर्ने, सडकको फोहोर समयमै उठाउनेलगायत कार्य गरिनेछ । ‘अब चाडबाडलक्षित सरसफाइ योजना सुरु गर्देै छौँ, बिहीबार बिहान १० बजेदेखि यो अभियान सुरु हुन्छ, अब सहरका सबैतिर सफासुग्घर पार्छौँ,’ उनले भने, ‘त्यसका लागि थप कर्मचारी संख्या पनि बढाउँदै छौँ ।’ उनले केही समयमै सफाइ कर्मचारी संख्या नौ सय पुग्ने भएकाले महानगरभित्र सरसफाइ व्यवस्थित बन्ने बताए । 

ad
ad