१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ असोज १४ मंगलबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बुढीगण्डकी आयोजना अलपत्र पर्ने खतरा : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
रमेश दवाडी काठमाडौं
२०७६ असोज १४ मंगलबार १४:१७:००

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी अलपत्र पर्ने खतरा रहेको बताएका छन् । 

गोरखा पत्रकार मञ्चले बडादशैं, शुभदिपावली र छठ पर्वको अवसरमा मंगलबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले बुढीगण्डकी आयोजना खतरमा पर्ने बताएका हुन् । 

जनताले स्वैच्छिक ढंगले सहभागिता जनाएर आयोजनालाई साथ दिंदा पनि सरकार गम्भिर नबनेको उनले बताए । ‘यति ठूलो परियोजनामा जनताले सहभागिता जनाएका छन् । स्वैच्छिक ढंगले नै मुआब्जा लिएर बाहिर निस्केका छन्,’ डा. भट्टराईले भने,  ‘यस्त घटना कमै पाइन्छ । तर दुर्भाग्य त्यो अवरुद्ध भएर बसेको छ ।’ 

बुढीगण्डकी आयोजनजालाई नेपाल आफैंले बनाउनुपर्न भनेर पत्रकारले आवाज उठाउनु पर्ने पनि उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने, ‘बुढीगण्डकी योजना नेपाल आफैंले बनाउनुपर्छ भन्ने विषयमा पत्रकारले आवाज उठाउनुपर्छ । त्यसो नगर्ने हो भने यो अलपत्र पर्ने खतरा मैले देखेको छु ।’ 

बुढीगण्डकी आयोजना गोरख र धादिङको मात्रै नभएर देशकै महत्त्वपूर्ण योजना भएको डा. भट्टराईको भनाई थियो । 

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारी, नेकपा केन्द्रीय सदस्य चुडामणि खड्का, लेखनाथ न्यौपानेले नेपाली कांग्रसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्त, पे्रस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, मञ्चका प्रेस सल्लाहकार सुशील अर्याल, राम्जी दाहाललगायतले मन्तव्य राखेका थिए ।