१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Saturday, 10 May, 2025
२o८o कार्तिक १७ शुक्रबार १९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरूको मुख ताक्ने यो सरकारले बुढीगण्डकी आयोजना बनाउन सक्दैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १९:२४:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा मात्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढ्ने बताएका छन्। अहिले सरकारमा भएकाहरूले बुढीगण्डकी आयोजनालाई चासो नदिँदा बुढीगण्डकी आयोजनाको काम अघि नबढेको उनको आरोप छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– २ सल्यानटारमा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको शुक्रबार उद्घाटन गर्दै ओलीले  यस्तो बताएका हुन्। ‘सम्भवतः म प्रधानमन्त्री नभएसम्म बुढीगण्डकी जलविद्युत् आयोजना बन्दैन होला । म प्रधानमन्त्री बनिनँ भने पनि नेकपा एमाले सरकारमा भए मात्रै बुढीगण्डकी आयोजना बन्छ,’ उनले भने।

एमाले सरकारमा हुँदा अघि बढिसकेको बुढीगण्डकी आयोजनाको काम एमाले सरकारबाट हटेपछि रोकिएको अध्यक्ष ओलीको भनाइ छ। ‘म प्रधानमन्त्री हुँदा बुढीगण्डकीलाई अगाडि बढाउने निर्णय गरेर सुरु गरिसकेको थिएँ । त्यतिखेर थालिएको काम पनि अहिले रोकिएको छ । अरूको मुख मात्रै ताकेर बस्ने अहिलेको सरकारले बुढीगण्डकी आयोजना बनाउन सक्दैन । कि म प्रधानमन्त्री बनेपछि बन्छ, कि नेकपा एमालेले सरकारको नेतृत्व पाएसम्म मात्रै बुढीगण्डकी आयोजना बन्छ,’ उनले भने।

कात्तिक २७ गतेसम्म जारी रहने गरी ‘हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’को आयोजनामा पहिलोपटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । मेलामा ९० स्टलहरू रहेका छन् । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिए।

मेलाको आकर्षणको रूपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे, तिल, घैयालगायतका कृषिजन्य उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ। कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटाइजेसनका लागि जियो कृषि एपबारे कृषकलाई जानकारीलगायत प्रदर्शनी रहेको छन्।