Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २३ शुक्रबार
  • Friday, 07 August, 2020
२०७६ भदौ २६ बिहीबार ०७:१०:००
मुख्य समाचार

प्रधानमन्त्रीको उपचार खर्च सार्वजनिक गर्न कांग्रेसको माग 

२०७६ भदौ २६ बिहीबार ०७:१०:००

प्रदेश १ का प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख पतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको उपचार खर्च सार्वजनिक गर्न माग गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएको खर्च थाहा पाउने नागरिकको हक भएकाले खर्च सार्वजनिक गर्न माग गरे । कार्कीले भने, ‘हामी प्रम ओलीको स्वास्थ्यलाभको कामना गर्छौँ, तर उहाँको उपचार कुन आर्थिक स्रोतबाट कति खर्चमा भयो, त्यो जान्न पाउने अधिकार नागरिकलाई छ । त्यसैले उहाँको उपचारमा भएको खर्च तत्काल सार्वजनिक गरियोस् ।’

सांसद कार्कीले प्रम ओली सिंगापुरमा उपचार गराइरहँदा धेरै ठेकेदार पैसाको मुठो बोकेर अस्पतालको बिल तिर्न पुगेको दाबी गरे । ‘ठेकेदारले प्रमको उपचार खर्च किन बेहोरेका हुन् ? कारणसहित उपचारको स्रोत प्रस्ट रूपमा सरकारले सार्वजनिक गर्नुपर्छ,’ कार्कीले भने । सांसद कार्कीले सरकारले सुशासन र भ्रष्टाचार अन्त्यका कुरा गरे पनि मन्त्रालय र कार्यालयहरूमा खुला रूपमा भ्रष्टाचार भइरहेको आरोप लगाए ।