मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १ सोमबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केही भएको छैन भन्ने झुटाे भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ : रास्वपा सांसद खत्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १ सोमबार १५:oo:oo

रास्वपा सांसद राजीव खत्रीले केही पनि भएको छैन भन्ने झुटाे भाष्य निर्माण गरेर निराशाको आगो नझोस्न आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसद खत्रीले सरकारले गरेका राम्रा कामको प्रचार गरेर आशा जगाउनुपर्नेमा जोड दिए।

झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘३५ वर्षपछि सरकारले भनिरहेको छ–भूमिहीन तिमीहरू एक्लो छैनौ, हामी छौँ। भूमिमन्त्रीज्यूले आफ्नो कार्यकालमा सुकुमवासी र स्ववासी शब्दलाई शब्दकोशमा मात्र सीमित गर्ने संकल्पका साथ काम गरिरहनुभएको छ। यसलाई राजनीतिक पूर्वाग्रहले ढाक्नुहुँदैन।’

सरकारको कमजोरीमा आलोचना र खबरदारी गर्न आग्रह गर्दै खत्रीले राम्रो कामको प्रचार गरेर भूमिहीनलाई अधिकारको बाटो देखाउनुपर्ने बताए।

‘आलोचना गरौँ, कमजोरी देखाऔँ, सरकारलाई खबरदारी गरौँ। तर, केही पनि भएको छैन भन्ने झुटाे भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ। किनकि निराशा केवल राजनीति होइन, कहिलेकाहीँ कसैको जीवनसँग खेलबाड हुन्छ,’ उनले भने।