मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंकोे बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटेल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिकमा छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लेमन ट्री प्रिमियर होटेल र टेस्ला डायग्नोस्टिकसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा खाना तथा वासमा १५ प्रतिशत र स्पामा २० प्रतिशत छुट पाउनेछन्।
यस्तै, टेस्ला डायग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्सरे, औषधिलगायत सेवामा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
छुटका लागि बैंकको डेबिट कार्ड, प्रिभलेज कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्नेछ।