ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका– १०, फुरुम्बुमा चार वर्षको बालककाे खोलेमा डुबेर मृत्यु भएको छ। फुरुम्बुको भालुखोपनिवासी तिलकसिंह लिम्बू तथा श्रीमती पवित्रा तामादेन लिम्बूको चार वर्षको छोराकाे बिहीबार बेलुका घरमा खेल्ने क्रममा पकाइरहेको खोलेको भाँडोमा परेर निधन भएको फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताए।
खोलेको भाँडोमा परेर घाइते भएका मृतक बालकलाई जिल्ला अस्पतालमा ल्याइएको थियो। जिल्ला अस्पतालमा ल्याइएका बालकलाई त्यहाँ उपचार सम्भव नभएपछि सुविधासम्पन्न ठाउँ झापामा लाने क्रमशः पाँचथारको गोपेटारमा पुग्दा मृत्यु भएको हाे ।
मृतक बालकको आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम गरी अन्त्येष्टि गरिने वडाध्यक्ष लिम्बूले बताए।