वैयक्तिक गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले बुधबार बेलुका ललितपुरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो।
श्रेष्ठ सञ्चालक रहेको जनआस्था अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचारले एक युवतीले आफ्नो वैयक्तिक गोपनीयता हनन भएको भन्दै दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुधबार जाहेरी दर्ता भएको हो। जाहेरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिएर पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी दिलीप घिमिरेले बताए ।
समाचारकै आधारमा पत्रकारलाई पक्राउ गरिएकोमा सञ्चारकर्मीले प्रहरीको शैलीको आलोचना गरेका छन्।