रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बिमा सेवा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्तालाई सम्मान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणबाबु लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताको सहभागिता थियो ।
कार्यक्रममा एमडिआरटी हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरलाई उत्कृष्ट कार्यसम्पादन तथा कम्पनीको व्यावसायिक वृद्धिमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको कम्पनीले जनाएको छ । सम्मानित अभिकर्तालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
यस्तै, कार्यक्रममा प्राडा भगवान कोइराला तथा डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेसागत विकासमा टेवा दिने उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए । सिइओ लोहनीले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ताहरू नै भएको उल्लेख गर्दै निरन्तर मिहिनेत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको उच्च प्रशंसा गरे । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे ।