१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २ बिहीबार १८:२६:००
Read Time : < 1 मिनेट
समाचार

तीन महिना भित्र तीन सय विद्युतीय बसले सेवा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २ बिहीबार १८:२६:००

सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ उपलब्ध गराएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बिहीबार साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको बताएका हुन् । आगामी असोज महिना भित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस संचालनमा ल्याउने गरी साझा यातायातलाई रकम उपलब्ध गराइएको महासेठले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्ष भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यले साझा यातायातमा विद्युतीय बस संचालन गर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारबाट पाएको रकमले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । विद्युतीय बसको संचालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने उनले बताए । 

सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा संचालनमा ल्याउन लागेको हो । मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको संचालनमा पनि रोक लगाउने तयारी भइरहेको बताए ।