१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बल्खुस्थित साझाको पेट्रोलपम्प २४सै घन्टा खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२३:oo

साझा सहकारीद्वारा बल्खुमा सञ्चालित पेट्रोलपम्प २४सैँ घन्टा खुला हुने भएको छ । बुधबार दिउँसो एक कार्यक्रमबीच उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा शुभारम्भको उद्घाटन गरेका हुन् । आयल निगम र साझा सहकारीको समन्वयमा २४सैँ घन्टा सेवाको सुचारु भएको हो ।

सेवा सुभारम्भ गर्दै मन्त्री भण्डारीले अत्यावश्यक बस्तुको सहज आपूर्ति गर्ने राज्यको दायित्व अन्तर्गत २४सैँ घन्टा पेट्रोलपम्प खुला गर्न थालिएको बताए । ‘अत्यावश्यक वस्तुको जतिखेर पनि आपूर्ति सुनिश्चित गर्ने कुरा राज्यको दायित्वभित्र पर्छ । आजबाट यसको प्रारम्भ गरिएको छ’ मन्त्री भण्डारीले भने ।

उनले आयल निगम र साझा सहकरीको सहकार्यबाट भएको अभियानलाई देशभर विस्तार गर्ने पनि बताए । ‘महानगर, प्रदेशका राजधानी र बाक्लो बस्ती भएका सहरमा दुई–तीनवटा पेट्रोलपम्प २४सैँ घन्टा खुला राख्ने योजनामा छौँ’, उनले भने ।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले रातको समयमा जरुरी कामले बाहिर निस्कन खोज्दा इन्धन अभावले कोहीलाई अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले पेट्रोलपम्प २४सै घन्टा खुला राख्ने नीतिलाई कार्यान्वयन थालिएको बताए ।‘यो अभियानको सुरुवात भएको छ । अब देशका अधिकांश ठाउँमा पेट्रोलपम्प जुनसुकै समयमा खुल्ला रहने व्यवस्था मिलाउँदै छौँ’, उनले भने ।

ad
ad