१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सामसङको ग्यालेक्सी एम–५५ फाइभ–जी नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:१o:oo

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ग्यालेक्सी एम–५५ फाइभ–जी बजारमा ल्याएको छ । एम–५५ मा यस सेगमेन्टकै थुप्रै लिडिङ विशेषता उपलब्ध रहेको कम्पनीले जनाएको छ । एम सिरिजले प्रयोगकर्तालाई नयाँ स्मार्ट फोन अनुभव, सुपर डिस्प्ले, टिकाउ ब्याट्री र शक्तिशाली प्रोसेसर प्रदान गर्ने बताइएको छ । 

एम–५५ हल्का हरियो र डेनिम ब्ल्याक दुई आकर्षक रङमा उपलब्ध छन् । फोर–एनएम आधारित क्वालम स्न्यापड्रागन सेभेन जेन–वान प्रोसेसरद्वारा सञ्चालित यो स्मार्ट फोनको पफर्मेन्स प्रभावकारी रहको छ । साथै, यसले मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्नेछ । 

पाँच हजार एमएएच ब्याट्री क्षमता भएको ग्यालेक्सी एम–५५ मा ४५ वाटसुपर–फास्ट चार्जिङले कम समयमा नै मोबाइल चार्ज हुने बताइएको छ । यो स्मार्ट फोन ८÷३५६ जिबीको मूल्य ५३ हजार नौ सय ९९ रुपैयाँ छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरमार्फत सामसङ इन्स्टा फाइनान्समा शून्य प्रतिशत ब्याजदरमा मासिक दुई हजार चार सय ४९ को किस्तामा पाइने कम्पनीले जनाएको छ ।

ad
ad