१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
समाचार डिजिटल संस्करण

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:o९:oo

एमाले जिल्ला कमिटी जुम्लाको अध्यक्षमा शान्तिलाल महत विजयी भएका छन् । एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत र नेता धीरेन्द्रराज गिरीबीच भिडन्त  भएको थियो ।

महतले एक सय ९४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे । अधिवेशनमा कुल तीन सय ३४ जना प्रतिनिधि छानिएका थिए । जसमध्ये तीन सय २९ मत खसेको थियो ।

उपाध्यक्षमा प्रेमबहादुर बुढाले  एक सय ८७ मत प्राप्त गरी  विजयी भए । उनका प्रतिस्पर्धी पदम बुढालएक सय  १३८ मत प्राप्त गरे । सचिवमा मानबहादुर रोकाया विजयी भएका छन् । रोकायाले एक सय ७९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आदिप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरे। महिला उपसचिवमा मेनका रेग्मी एक सय ७४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेकी छिन् । 

ad
ad