एनएमबि बैंक लिमिटेडले सेकेन्ड–ह्यान्ड विद्युतीय सवारीसाधन (इभी) कर्जा सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाका लागि सेकेन्ड–ह्यान्ड इभी खरिद गर्न सहज बनाउने उद्देश्यले यो सुविधा सुरु गरेको हो । बैंकको यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारीसाधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।
सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुने बैंकले जनाएको छ । इच्छुक ग्राहकले देशभर रहेका एनएमबि बैंकका शाखा वा डिजिटल माध्यममार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् । ग्राहकको दैनिकलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैँ नयाँ र प्रभावकारी वित्तीय सुविधा ल्याउँदै आइएको बैंकले जनाएको छ ।
हाल यस बैंकका देशभरमा एक सय ९८ शाखा, एक सय ७६ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।