मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वविख्यात नेपाली आरोहीसहित ६ नेपाली ब्रोड पिक हिमपहिरोमा बेपत्ता

खोज तथा उद्धारका लागि सरकारको पहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:२२:oo

पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ब्रोड पिक (८,०४७ मिटर) आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोहीसहित विभिन्न देशका पर्वतारोहीहरू बेपत्ता भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा मिति ०८३ साउन १४ गते (३० जुलाई, २०२६) आएको हिमपहिरोमा नेपाली आरोहीसहित अन्य देशका पर्वतारोहीहरू सम्पर्कविहीन भएको जनाएको छ।

विभागले बेपत्ता आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। साथै, बेपत्ता नेपाली आरोहीहरूको उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पनि विभागले जनाएको छ।

बेपत्ता भएका नेपाली आरोहीहरू

पुरबहादुर गुरुङ
किली पेम्बा शेर्पा
निमा शेर्पा 
न्वाङ थिन्दु शेर्पा 
ग्यालु शेर्पा 
निर्मल पुर्जा

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमद्वारा जारी विज्ञप्तिमा बेपत्ता आरोहीहरूको सुरक्षित खोज तथा उद्धारका लागि आवश्यक सबै कूटनीतिक तथा समन्वयात्मक प्रयास जारी रहेको उल्लेख गरिएको छ।