मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा एक सय प्रतिशत क्यासब्याक जित्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:४२:oo

आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘एक सय % उपहार’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने प्रत्येक १५ दिनमा एक सयजना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्कबराबरको एक सय प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र शुल्क नतिरेमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने र त्यसले सेयर खरिद–बिक्रीलगायत पुँजीबजारसम्बन्धी कारोबारमा असर पार्न सक्ने भएकाले समयमै नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क एक सय  रुपैयाँ र मेरो सेयरको ५० रुपैयाँ रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले खल्तीले यो योजना ल्याएको जनाएको छ।

योजनाअनुसार खल्ती एपबाट  मेराे सेयर तथा डिम्याट नवीकरण गर्ने प्रत्येक १५ दिनमा एक सयजना विजेताले आफूले भुक्तानी गरेको शुल्कबराबरको क्यासब्याक प्राप्त गर्नेछन्। यसले प्रयोगकर्तालाई नवीकरणसँगै अतिरिक्त लाभ लिन सक्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।