मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार

म संघीयताविरोधी होइन, मलाई संघीयताविरोधी सपनामा पनि नसोचिदिनुहोला : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १४:३६:oo

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफी संघीयताविरोधी नभएको बताएका छन् । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री शाहसँगको भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन महाधिवेशनबाट पारित संघीयतासम्बन्धी प्रस्तावको विषय उठाएका छन्।  उक्त क्रममा उनले  भने, ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोचिदिनुहोला। संघीयतालाई बलियो बनाउने हो। महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ। त्यसैले संघीयताविरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त संघीयता विरोधी हुने कुरै भएन।’

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले चितवन महाधिवेशनले संघीयताविरोधी सन्देश दिने प्रस्ताव पारित गरेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

महतोका अनुसार उक्त विषय उठाएपछि प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नभएको स्पष्ट पारे।