पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दामा दुई पूर्वसचिवलाई धरौटीमा छाड्ने आदेश भएको छ। विशेष अदालतमा उपस्थित भएका पूर्वसचिवद्वय शंकरप्रसाद अधिकारी र केवल भण्डारीसँग धरौटी माग भएको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयान र थुनछेक बहसपछि धरौटी माग गरेको हो। अधिकारीसँग सात लाख तथा भण्डारीसँग पाँच लाख धरौटी माग भएको छ। यही मुद्दाका प्रतिवादी रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पनि अदालतमा उपस्थित गराइएकोमा उनको भने बयान नभ्याएपछि कारागारमै फिर्ता पठाइएको छ।