मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १३ बुधबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १३ बुधबार १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १३ बुधबार १७:१५:oo

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णय सार्वजनिक गरिएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरूबारे जानकारी दिएका हुन्।

बैठकले नौवटा विधेयकलाई संघीय संसदमा पेस गर्न अनुमति दिनेसहित विभिन्न निर्णय गरेको छ।

यी हुन् सार्वजनिक भएका निर्णय
१. देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने :
–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
–खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
–संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
–राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक
–बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक
–आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
–मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
–कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने,

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने।

४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने ।