मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजमा द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १४:o५:oo

सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न समाजमा द्वेष फैलाउने तथा हिंसात्मक गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डिआइजी नेत्रबहादुर कार्कीले शुक्रबार जारी गरेको सूचनामा सामाजिक द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने, हिंसात्मक, गैरकानुनी तथा उत्तेजक गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरिएको छ।

सूचनामा शान्ति, सुरक्षा र सामाजिक सदभाव कायम राख्न सशस्त्र प्रहरी बल समन्वयात्मक ढंगले कार्यरत रहेको उल्लेख गर्दै कानुनको पालना गर्न र सामाजिक एकता कायम राख्न सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ।