मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार ११:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले सुरु गरे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार ११:५१:oo

प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनाव र त्यसको समाधानका उपायबारे विचार–विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन् ।

बैठकमा प्रभावित जिल्लाको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सदभाव कायम गर्ने उपाय तथा राजनीतिक सहमतिमार्फत तनाव समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको जनाइएको छ।