मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमबिएस परीक्षाका ११ वटा परीक्षा केन्द्रको पूर्वनिर्धारित परीक्षा स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:१८:oo

मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असहज सुरक्षा अवस्थाका कारण त्रिभुवन विश्वविद्यालयले एमबिएस परीक्षाका ११ वटा परीक्षा केन्द्रको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ।

त्रिविले शुक्रबार सूचना जारी गर्दै मधेश प्रदेशका सम्बन्धित केन्द्रमा सञ्चालन हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

विश्वविद्यालयका अनुसार परीक्षार्थीको सुरक्षा र परीक्षा सञ्चालनको वातावरणलाई ध्यानमा राख्दै तत्कालका लागि परीक्षा रोकिएको हो।

स्थगित भएका परीक्षा केन्द्रहरूमा जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस रहेका छन्।

त्यस्तै सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, नेसनल पिपुल कलेज कञ्चनपुर, रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमरा कलेज तथा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षा केन्द्र पनि प्रभावित भएका छन्।

त्रिविले अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ। मधेश प्रदेशबाहेकका केन्द्रका परीक्षार्थीलाई नियमित तालिकामै सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको छ।