मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:१६:oo

शुक्रबार नेपाली बजारमा  सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको मूल्य १० ग्राममा आज दुई लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ। बिहीबार १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ४८५ रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ रहेको थियो।