साफ महिला च्याम्पियनसिपः नेपाली टिमसँग जोडिइन् प्रीति राई

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

मिडफिल्डर प्रीति राई नेपाली राष्ट्रिय फुटबल टोलीसँग जोडिएकी छिन्। नेपाली टिम यति वेला साफ महिला च्याम्पियनसिप खेल्न भारतको गोवामा छ। नेपाल समूह ‘ए’को दुवै खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगे पनि प्रीति भने कम्बोडियामा थिइन्। 

प्रीति यस सिजनमा कम्बोडियन लिग खेलिरहेकी छिन्। तर, साफ च्याम्पियनसिप फिफा विन्डोअघि नै सुरु हुँदा प्रीति नेपाली टिमसँग जोडिन नपाएकी हुन्। फिफा विन्डो आजबाट सुरु भएर ९ जुनसम्म रहेको छ। 

फिफा विन्डो सुरु भएसँगै प्रीति कम्बोडियाबाट सिंगापुर हुँदै दिल्ली भएर गोवामा टिमसँग जोडिएको टिम म्यानेजर सुरेश शाहले जानकारी गराए। उनका अनुसार बुधबार बंगलादेशसँग हुने सेमिफाइनल खेलमा प्रीति उपलब्ध हुनेछिन्। 

सुझावित समाचार